फेसबुक र गुगलले समाचारका लागि पैसा तिर्नुपर्ने, अस्ट्रेलियाले पारित गर्यो कानुन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेसबुक र गुगलले समाचारका लागि पैसा तिर्नुपर्ने, अस्ट्रेलियाले पारित गर्यो कानुन

काठमाडौं : फेसबुक, गुगल लगायत डिजिटल माध्यमहरुले अस्ट्रेलियाका स्थानीय मिडिया आउटलेट र प्रकाशकहरुलाई अबदेखि पैसा तिर्नुपर्ने भएको छ । अस्ट्रेलिया सरकारले बिहीबार नयाँ मिडिया कानुन पारित गरेपछि टेक कम्पनीहरु माथि उक्त वाध्यता सिर्जना भएको हो । स्थानीय समाचार मिडिया तथा प्रकाशकहरुको समाचार आफ्नो ‘न्यूज फिड’ र ‘सर्च रिजल्ट’ मा राख्नका लािग फेसबुक, गुगल लगायत डिजिटलमाध्यमहरुले पैसा तिर्नु भएको हो ।

 

अस्ट्रेलियाको संसदले पारित गरेको उक्त नयाँ कानुनले सञ्चारमाध्यमहरुका लागि समाचार सिजर्ना गरेवापत उचित पारिश्रमीकको सुनिश्चितता गर्ने विश्वास लिइएको छ । विगत केही महिनादेखि उक्त कानुनको निकै चर्चा हुँदै आएको थियो । फेसबुक र गुगलले कानुनको सुरुवाती प्रस्तावको चर्को विरोध गरेका थिए । यस कानुनको विरोध गर्दै फेसबुकले गत साता अस्ट्रेलियाका समाचार सम्बन्धी फेसबुक पेजहरुलाई बन्द पनि गरिदिएको थियो ।

Read More