टेलिकमलाई मोबाइल मनिको लाइसेन्स दिने राष्ट्र बैंकको अन्तिम तयारी, यस्तो हुने छ सेवा र फिचर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टेलिकमलाई मोबाइल मनिको लाइसेन्स दिने राष्ट्र बैंकको अन्तिम तयारी, यस्तो हुने छ सेवा र फिचर

नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र नेपाल बाणिज्य बैंकको संयुक्त लगानीमा आउन लागेको भुक्तानी सेवाप्रदायक कम्पनीलाई अनुमति दिने अन्तिम तयारी गरेको छ ।

भइरहेका मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनीभन्दा फरक बिशेषता र सेवासहित ल्याउन लागिएको मोबाइल मनि सेवाका लागि झण्डै एक महिना अघि अनुमति मागेको थियो ।

अब भने छिट्टै नै उक्त मोबाइल मनी कम्पनीको लाइसेन्स दिने प्रक्रिया अघि बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले नेपाल टेलिकमको अगुवाइमा आउन लागेको डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीलाई अनुमति पत्र दिने काम अन्तिम चरणामा पुगेको बताए ।

उनका अनुसार यो कम्पनी आएपछि डिजिटल भुक्तानीको शैली नै फरक हुने छ । योसँगे नेपालका अन्य डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीहरुको अस्तित्व धरापमा पर्ने आँकलन पनि गरिएको छ ।
दुई ओटा कम्पनी मिलेर ल्याउन लागिएको उक्त मोबाइल मनीमा लाखौं सेवाग्राही जोडिने छन् । नेपाल टेलिकमका ग्राहक र बाणिज्य बैंकका ग्राहक सबै अहिले ल्याउन लागिएको मोबाइल मनी मै आवद्ध हुने कारण पनि अन्य कम्पनीलाई बजारमा टिक्न कठिन हुने सरकारी अधिकारीहरु नै बताउँछन ।

Read More