नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष मधु मरासिनीद्धारा शपथ ग्रहण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष मधु मरासिनीद्धारा शपथ ग्रहण

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मधु कुमार मरासिनीे नेपाल बैंकको सञ्चालक समितिको मिति २०७७/११/१० गते बसेको बैठकबाट सर्व सम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका छन् । सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मधु कुमार मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति-रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियत पूर्ण कर्जाको विस्तारबाट उद्यम शीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा आफ्ना विचारहरु व्यक्त गर्दै नव नियुक्त अध्यक्ष मधु कुमार मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुलाई धन्यवाद प्रकट गरेका छन् । उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरेका छन् ।

Read More