नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लिएको डिजिटल बैंकिङको अबधारणलाई राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाले लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ कारोबार संचालनमा सक्रियता अपनाएको छ । नेपाल राष्ट बैंक सिद्धार्थनगर कार्यालयकोे पहलमा तरकारी पसल हुँदै, फलफूल, किराना सपल र ईरिक्सामा समेत डिजिटल बैंकिङ कारोबार सुरु भएको छ ।
अब तरकारी तथाफलफुलका ससाना पसलमा खरिद गर्दा पनि नगद नचांहिने भएको छ । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पुर्याउन क्युआर (क्वीक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले शुरु गरेको अभियान अन्तर्गत सिद्धार्थनगरका ससाना तरकारी तथा फलफुल पसल, खुद्रा पसलमा सरसामान खरिद गर्दा तथा ईरिक्सा सेवा प्रयोग गरेबापत गरिने भुक्तानी माक्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्र्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको शुरुवात गरिएको छ ।





