अब यसरी च्याबटबाटै शिखर इन्स्योरेन्सका सबै सेवा लिन सकिन्छ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब यसरी च्याबटबाटै शिखर इन्स्योरेन्सका सबै सेवा लिन सकिन्छ

काठमाडौं । शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ । 

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक म्यासेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्रमार्फत बढाउन सकिने सम्भावना र आवस्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।  

अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ । घरमा होस वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट च्याटबटमार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरुको सेवा लिन सकिने भएको छ । यसको लागि फेसबुक म्यासेन्जरमा लगइन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्राहकहरुको लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ ।  ...

Read More