हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे पहिलाे भाग प्रस्तुत गरेका थियाैँ। यस पुस्तकले पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ दाेस्राे भाग प्रस्तुत गरिएकाे छ।
परिचयः पृथ्वीको सबैभन्दा ठूलो कार्यक्रम
यो पुस्तकको आधार यो हो कि तपाई पैसालाई कति राम्रोसँग प्रयोग गर्नुहुन्छ भन्ने कुराको तपाई कत्तिको स्मार्ट हुनुहुन्छ भन्ने कुरासँग खासै सम्बन्ध छैन तर तपाई कसरी व्यहार गर्नुहुन्छ भन्नेसँग गहिरो सम्बन्ध छ।
‘एक विद्वान जसले आफ्नो भावना नियन्त्रण गर्न सक्दैन, ऊ वित्तीय रुपमा भयावह हुनसक्छ। त्यो ठिक उल्टो पनि सही नै हुन्छ। वित्तीय शिक्षा बिनाको सामान्य मानिस पनि धनी हुन सक्छ, यदि उसँग व्यवहार सीप एक मुठ्ठीभर छ भने उसलाई बुद्धि मापनको औपचारिकतासँग कुनै मतलब हुँदैन।’
दुई फरक उदाहरणः
रोनाल्ड जेम्स रिडः ग्यास स्टेशन परिचारक, चौकीदार र अमेरिकी परोपकारी। जीवनभर बचत गर्यो, पिडित जीवन बितायो र मर्ने बेलासम्ममा ८ मिलियन नेटवर्थ बनायो।
रिचार्ड फस्कनः हवार्डमा अध्ययन गरेका मेरिल्ल लिन्चका एक्जिक्यूटिभ। भारि ऋण लिई भब्य खर्च गरे, २००८ को वित्तीय संकटमा पर्यो, बैंकरप्ट घोषित गरियो। ...








