अदालतको फैसलापछि फेरिए डेपुटी गभर्नरका प्रत्यासी, कसको पल्लाभारी अब कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अदालतको फैसलापछि फेरिए डेपुटी गभर्नरका प्रत्यासी, कसको पल्लाभारी अब कति ?

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय बदर भएसँगै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका सम्भावित प्रत्यासीको सूची फेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल निकट मानिएका कार्यकारी निर्देशकहरु यसअघि डेपुटी गभर्नर बन्ने पक्काजस्तै देखिए पनि राजनीतिक कोर्स परिवर्तनसँगै नियुक्तिको सम्भावना समेत फेरिएको हो । 

अहिलेकै सरकार रहेको अवस्थामा नयाँ डेपुटी गभर्नरमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार समेत रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ पक्का जस्तै देखिएका थिए । बाँकी एकजना डेपुटी गर्भरका लागि तीव्र लबिङको अवस्था थियो । 

सो दौडमा ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक नीलम ढुंगाना र नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको दाबेदारी बलियो रहेको मानिन्थ्यो । तर, राजनीतिक कोर्स फेरिएपछि यो सम्भावना पनि फेरिएको छ । 

संसद पुनस्र्थापित भएको अहिलेको अवस्थामा अब ओलीको सरकार रहने अवस्था देखिँदैन । ओलीकै सरकार भए पनि ओलीको शक्ति पहिलेजस्तो हुने सम्भावना छैन । अब नेकपाकै माधव–प्रचण्ड पक्ष वा काँग्रेसको सहभागिता बिना सरकार बन्न सम्भव नै छैन । त्यसैले अबको डेपुटी गभर्नर ओलीकै खल्तीबाट नियुक्त हुने सम्भावना नरहेको बताइन्छ । 

कुन सरकार बन्दा प्रत्यासी को ? 

Read More