टेस्लाको ढाडसमा बिटक्वाईन फेरि नयाँ उचाईमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टेस्लाको ढाडसमा बिटक्वाईन फेरि नयाँ उचाईमा

हाल विश्वमा नै निकै चर्चामा रहेको क्रिप्टोकरेन्सी बिटक्वाईनले नयाँ उचाई कायम गरेको छ । पछिल्लो साता ५० हजार डलर पार गरेर रेकर्ड बनाएको बिटक्वाईनले पुन : नयाँ रेकर्ड बनाएको हो ।

बिटक्वाईनले निरन्तर उकालो लागेको आफ्नो गतिलाई निरन्तरता दिँदै आइतबार ५८ हजार डलर पार गरेर नयाँ उचाई कायम गरेको छ । जनवरीको सुरुवातदेखि हालसम्म यस क्रिप्टोकरेन्सी ९० प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । हाल यसको बजार मूल्य एक ट्रिलियन डलर भन्दा माथि पुगेको छ ।

बिटक्वाईनको यो उचाई टेस्ला तथा अन्य ठुला कम्पनीहरुले भुक्तानीका रुपमा यसलाई स्वीकारेकाले भएको हो । यद्यपी मूल्यमा उतारचढाव कायम हुँदै बिटक्वाईनको मूल्य सन् २००९ मा स्थापना भएयता कैयौं पटक भारी गिरावट भएको छ ।...

Read More