काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालि र लुम्बिनी विकास बैंकविच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।








