पछिल्लो समय म्यादी जीवन बीमा योजना सर्वसाधारणहरुको आकर्षण बढ्न थालेका छन् । थोरै रकममा जोखिम बहन हुने भएपछि सर्वसाधरणहरु म्यादी जीवन बीमा तर्फ आर्कषित हुन थालेका हुन् ।
म्यादी जीवन बीमामा विषेशगरी मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराएको हुन्छ । तर त्यसमा थप केहि शुल्क बुझाएपछि मृत्यु लाभसंगै स्वास्थ्य उपचारखर्च समेत उपलब्ध हुने भएपछि म्यादी जीवन बीमामा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको हो ।
विश्वभर फैलिएको कोभिड १९ ले अार्थिक गतिविधि सुस्त भएकाे अवस्थामा ठुलो बीमाशुल्क भुक्तानी गरेर सावधिक तथा आजीवन बीमालेख खरिद गर्न सकिने अवस्था सबैको छैन् । त्यसैले न्युन रकममा जोखिम बहन हुने म्यादी जीवन बीमा जोखिम हस्तान्तरणको राम्रो विकल्प बन्दै गएको हो ।
यस्तै गरी न्युन आय भएकाहरु अझैपनि जीवन बीमा पहुँच बाहिरनै रहेको छ । यस्तो अवस्थामा पनि म्यादी जीवन बीमा उनीरुको लागि भरपर्दो विकल्प बनेको छ । म्यादी बीमा गर्नको लागि ठुलो रकमको आवश्यकता हुदैन् । दैनिक चिया खर्चले समेत स्वस्थ्य लाभ सहितको जीवन बीमा योजन खरिद गर्न सकिन्छ । अर्थात कम बीमाशुल्क तिरेरपनि मृत्यु जोखिम वहन गर्न सकिन यसको विशेषता हो ।
म्यादी जीवन बीमा चालू रहेको अवस्थामै बीमितको मृत्यु भएमा परिवारका हकवालाले मृत्यु लाभ वापतको रकम भुक्तानी प्राप्त गर्नेछन । बीमितको निधन नभए मृत्यु लाभको भुक्तानी पाउने छैन् भने बीमाशुल्कको रकम समेत फिर्ता पाउदैनन् ।
यस्तो योजनाले निश्चित अवधिसम्मको लागी जोखिम बहन सुविधा उपलब्ध गराउछ । सामान्यता १ देखि ३० वर्षसम्मको लागी म्यादी जीवन बीमा गर्न सकिन्छ । म्यादी बीमामा विषेशगरी मृत्यु लाभको लागि ल्याएको हो । खासगरी घरमूलीको निधन भएको अवस्थामा परिवारका आश्रितहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो बीमा योजना सार्वजनिक गरेको हो ।








