डिजिटल बैंकिङ कारोबारमा सफलता : तरकारी पसलदेखि चिया पसल हुँदै ई-रिक्सासम्म


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल बैंकिङ कारोबारमा सफलता : तरकारी पसलदेखि चिया पसल हुँदै ई-रिक्सासम्म

 डिजिटल बैंकिङको अवधारणा वर्षौदेखि आएको भएतापनि यसले सार्थकता पाउन भने सकेको थिएन । यद्यपी कोरोना माहामारीको बिचमा भने यसको प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइयो । गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गरिरहेका छन् । कोरोना महामारीको उच्च चापको अवधिभर विद्युतीय कारोबार गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । हाल सामान्य शुल्क बाहेक यो सेवा महंगो छैन । एटीएम प्रयोगमा समेत जुनसुकै बेंकको एटीएम जुनसुकै बैंकमा प्रयोग गर्दा लाग्ने शुल्क ५० रुपैयाँबाट घटाएर २० रुपैयाँमा झारीएको छ । विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई केन्द्रीय बैंकले उच्च प्राथमिकतामा राखेको छ र यसको कार्यान्वयनका निम्ति कानूनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई समेत मजबुत बनाइएको छ । डिजिटल कारोबारबाटै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने गभर्नर अधिकारीको विश्वास छ ।

Read More