सेयरमा लगानी गर्न के-के कुरामा ध्यान दिने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरमा लगानी गर्न के-के कुरामा ध्यान दिने ?

घरखेत नै बेचेर सेयरमा हाल्ने काम नगरौँ :  डा. केशव श्रेष्ठ

सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर बैङ्कको आईपीओले मानिसहरुको ध्यान सेयर बजारमा खिच्न मदत पुगेको छ । अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ सेयर बजारकै चर्चा छ, त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् । कतिपय बुझेर त कतिपय लहैलहैमा लगानी गर्ने पनि छन् । अहिलेको अवस्था सेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा केके कुरामा ध्यान दिने, लगानीको सुरक्षित क्षेत्र कुन हो भनेर हामीले सेयरका जानकार डा. केशव श्रेष्ठसँग कुराकानी गरेका छौँ । रातोपाटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

पछिल्लो समय सेयर बजारले नयाँ कीर्तिमान बनाउँदै गएको छ । यसले आगामी दिनको बजारलाई  कस्तो सङ्केत गर्छ ?

सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ । जस्तै डिम्याट लिनेको सङ्ख्या २५ लाखभन्दा बढी नाघिसकेको छ । यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ । यो आपैmमा राम्रो कुरा हो । यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो । जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी शिक्षा लिएर दक्ष हुनुपर्ने देखिन्छ ।

अहिलेको अवस्थालाई टेक्निकल बुल भन्छु म । किनभने अहिले अर्थतन्त्रका आायममा खासै ठूलो परिवर्तन भएको छैन । धेरै सुधार पनि भएको छैन तर त्यति हुँदाहुँदै पनि कोभिडको कारणले रियल सेक्टर अगाडि आउन नसक्नु, रियल सेक्टरका बन्दै जानु आदि कारणले मानिसको सेयर बजारमा चाप बढेको हो ।

... 

Read More
  • MBL - below news