टिएसएसमा लुपहोलः टिएमएस र मेरोशेयर बिचको ‘कम्यूनिकेशन ग्याप’ ले क्लोजआउटको समस्यामा लगानीकर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टिएसएसमा लुपहोलः टिएमएस र मेरोशेयर बिचको ‘कम्यूनिकेशन ग्याप’ ले क्लोजआउटको समस्यामा लगानीकर्ता

सुधा देवकोटा
पूँजी बजारमा प्रविधिको विकास भएसँगै अंधिकाश शेयर कारोबार अनलाईन प्रणाली मार्फत हुने गरेको छ। जस अनुसार लगानीकर्ताहरुले आफ्नो शेयर कारोबारको खरिदबिक्री आफै स्वयमले गरिरहेका छन्। 

यसो हुनु बजार विस्तारको लागि सकारात्मक पक्ष हो। तर सिस्टममा पटक पटक त्रुटी हुँदा भने लगानीकर्ताहरुले ठूलो क्षती व्यहोर्नु परिरहेको छ।

पछिल्लो समय आफुले बिक्री गरिसकेको शेयर पनि पुनः टिएमएसमा देखिएको र सो अनुसार शेयर बिक्री गर्दा लगानीकर्ताहरु क्लोजआउटमा पर्न थालेका छन्। टिएमएसको डिपी होल्डिङ्गमा भएको शेयर कित्ता गणनामा देखिएको त्रुटिका कारण लगानीकर्ताहरुले क्लोजआउटमा परी लाखौ रुपैयाँसम्म पनि जरिवाना तिर्न बाध्य भएका छन्।

कोरोना नियन्त्रणको लागि गरिएको बन्दाबन्दी पछिका कारोबारमा डिपि होल्डिङ चेक नगरी शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था गरिएको थियो। अनलाईन मार्फत कारोबार गर्दा लगानीकर्ता झुक्किएर आफूसँग नभएको शेयर पनि बिक्री हुन सक्ने समस्यालाई न्यूनिकरण गर्नका लागि पनि नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्नु पूर्व डिपि होल्डिङ चेक गर्ने व्यवस्था गरिएको बताएको थियो।

उक्त व्यवस्था अनुसार लगानीकर्ताले आफ्नो निक्षेप खातामा शेयर नभएमा उक्त शेयर बिक्री गर्न पाउँदैनन्। तर, नेपाल स्टक एक्सचेञ्जको टिएमएस प्रणालीमा बिक्री भइसकेको शेयर पनि पुनः डिपी होल्डिङ्गमा देखाउदा भने लगानीकर्ता क्लोज आउटको समस्या जस्ताको तस्तै देखिएको छ। सिडिएससिको मेरो शेयर र नेप्सेको टिएमएस प्रणालीमा इटिग्रेट सम्बन्धी समस्या हुँदा यस्तो समस्या बारबार दोहोरिएको हो।

Read More