लघुवित्तमा अबको आवश्यक्ता भनेको डिजिटलाइजेसनमा जाने हो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्तमा अबको आवश्यक्ता भनेको डिजिटलाइजेसनमा जाने हो

कोरोना संक्रमणपछि वित्तीय क्षेत्र र अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको छ । कोरोना संक्रमणले पारेको असरलाई चिर्दै लघुवित्त क्षेत्र पनि अघि बढेको छ । ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको लघुवित्त क्षेत्रको महतव् भने थप बढेर गएको छ । कोरोनापछि कृषि तथा उद्यमशीलतामा लाग्नेहरुको संख्या थप बढेको छ । यसै सन्दर्भमा रहेर लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय लघुवित्तकर्मी तथा उन्नति सहकार्य लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकलाई हामीले ३ प्रस्न गरेका छौं ।

कोभिडपछि ग्रामिण अर्थतन्त्र र लघुवित्तको अवस्था के कस्तो रहेको पाउनुभएको छ ?
हाल कोभिडपछि नेपाल सरकारबाट व्यवस्था भएको खोपको कारणले मानिसहरुमा विस्तारै आत्मविशवास बढिरहेको छ । व्यवसायीहरुमा कोभिडका कारणले गर्दा डर, त्रास भइरहेको अवस्थामा एक प्रकारको मनोवैज्ञानिक डर थियो । यस्तै अवस्था रहेमा भोलिको दिनमा काम नपाईने, व्यबसाय नहुने र खान समेत नपाइने हो कि भन्ने अबस्था थियो । तर पछिल्लो समयमा कोभिड विरुद्धको भ्याक्सीन समेत आइसकेको हुँदा कामहरु सुचारु हुन थालेका छन् । कामसँगै लघुवित्तको किस्ता तिर्न सुरु भएको छ । जुन किसिमको त्रास समाजमा थियो बिस्तारै अब त्यो त्रास हटीसकेको छ । अहिलेको अवस्थामा रोकिएको व्यापारव्यवसाय अगाडि बढाउनु पर्छ भन्ने सोच र आत्मविश्वास राखेर रोकिएको कामहरु विस्तारै सुचारु भइरहेको हामीले पाएका छौं ।

Read More