महालक्ष्मी विकास बेैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बेैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

 महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  

अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको बैंकले असल, चरित्रवान् र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले सो सहयोग गरेको हो । 

यही फागुन १६ गते बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । 

उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।...

Read More
  • MBL - below news