करको भारले महँगो भयो इन्टरनेट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
करको भारले महँगो भयो इन्टरनेट

सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा महँगो भएको भन्दै विज्ञहरूले गुनासो गरेका छन् । नेपालमा इन्टरनेटमा लगाइने कर अत्यधिक भएको भन्दै सबैको पहुँचमा पुर्याउन कर हटाउनुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । तर इन्टरनेटमा विभिन्न शीर्षकका नाममा  लगाइने कर धेरै भएपछि त्यसको प्रत्यक्ष भार ग्राहकमा पर्न गएको भन्दै कर हटाउन उनीहरूले सुझाएका हुन् ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालका (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गरे । अरू अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?, उनले भने, ‘सरकार इन्टरनेटमा कर थोपरेर महँगो बनाउन उद्यत छ ।

इन्टरनेट वितरणका लागि पूर्वाधार सहप्रयोग नहँुदा पनि इन्टरनेटको लागत महँगिएको उनले बताए । इन्टरनेट सेवा प्रदायकहरूले पूर्वाधार कम्पनी खोलेर पूर्वाधारको सहप्रयोग गर्छौं भन्दा पनि सरकारले नमानेको उनको आरोप छ । सरकारले के चाहेको हो ?हामी अलमलमा छौँ, उनले भने ।

Read More