‘आर्थिक वृद्धिको नेतृत्व पूर्वाधार क्षेत्रले गर्नुपर्छ’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘आर्थिक वृद्धिको नेतृत्व पूर्वाधार क्षेत्रले गर्नुपर्छ’

नेपाली अर्थतन्त्रमा कोराना महामारीले पारेको असरलाई कसरी हेर्नुभएको छ ?

अर्थतन्त्रमा कोरानाले पारेको असरलाई तीन–चार कोणबाट हेर्नुपर्छ। अहिलेसम्मको अध्ययनका आधारमा कोरोनाले पारेको मुख्य असर आर्थिक वृद्धिमा देखिएको छ। केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमानमा गत आवको आर्थिक वृद्धिदर २.२८ प्रतिशत भन्ने छ। विश्व बैंकले ०.२ प्रतिशत भनेकोे छ। हामीले गरेको विश्लेषणबाट पनि आर्थिक वृद्धिमा असर परेको पाएका छौं। यसका बाबजुद पनि आशावादी हुने केही सम्भावना देखिएका छन्। विस्तारै आर्थिक क्रियाकलाप बढ्न थालेका छन्।

कोरानाले असर पारेको अर्को क्षेत्र रोजगारी हो। राष्ट्र बैंकले असारमा ६ सय ७४ उद्योग, प्रतिष्ठानलाई नमुनाको रूपमा लिएर गरेको सर्वेक्षणमा जम्मा चार प्रतिशत उद्योग, प्रतिष्ठान पूर्ण सञ्चालनमा रहेको पाइएको थियो। कोरानाअघि ती उद्योग, प्रतिष्ठान शतप्रतिशत सञ्चालनमा थिए। यसको अर्थ कोरोनाले ठूलो असर पार्‍यो भन्ने हो।

कोरोनाले आर्थिक वृद्धिदर, बेरोजगारी बढाउनुका साथै सीमान्त आय भएका वर्गलाई निरपेक्ष गरिबीमा धकेलेको अनुमान छ  । निरपेक्ष गरिबी कतिले वढ्यो भन्ने यकिन अध्ययन भइसकेको छैन। अर्को असर औद्योगिक गतिविधिमा हो। समग्रमा भन्नुपर्दा कोरानाले आर्थिक वृद्धिदर, रोजगारी सिर्जना तथा पूर्वाधार विकासमा समस्या पारेको पाइएको छ। कुल गार्हस्थ उत्पादनको १५ क्षेत्रलाई केलाउँदा सबैभन्दा बढी पर्यटन क्षेत्रसँग सम्बन्धित होटल व्यवसाय प्रभावित भएको छ। केही उत्पादनका शृंखला प्रभावित भएको समेत पाइएको छ।

अहिले कोरोनाविरुद्धको खोप आइसकेकाले सबैतिर आशा भने बढेको छ। राष्ट्र बैंकले मंसिरमा गरेको सर्वेक्षणले असारको तुलनामा अर्थतन्त्रमा केही सुधार हुँदै गएको देखाएको छ। असारमा गरिएको सर्वेक्षणमा ४ प्रतिशत उद्योग, प्रतिष्ठान पूर्ण सञ्चालनमा थिए भने मंसिरमा गरिएको सर्वेक्षणमा ५४ प्रतिशतपूर्ण सञ्चालनमा आइसकेको पाइएको छ। असारमा ७७ प्रतिशत रोजगारीमा थिए भने मंसिरको सर्वेक्षणमा ८७ प्रतिशतले रोजगारी पाइरहेको देखिएको छ। कोरोनाका कारण अझै नेपालमा पर्यटक आउन पाएका छैनन्।

अहिलेको बेला आर्थिक वृद्धिमा सघाउ पुर्‍याउन पूर्वाधार क्षेत्रको विकासले कस्तो सहयोग गर्नसक्छ ?...

Read More