नेको इन्स्योरेन्सद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेको इन्स्योरेन्सद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आप्mनो रजत महोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

कम्पनीले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिंदै आएको काठमाडौंको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गरे । अर्किड गार्डेन नेपालका संचालक बिना बस्नेतको उपस्थितिमा स्टेशनरी सामान वितरण गरिएको इन्स्योरेन्सले जनाएको छ ।

Read More
  • MBL - below news