वित्तीय सूचना दिने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वित्तीय सूचना दिने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर

काठमाडाैं । फाइनान्सियल नोटिसेस् एपमा नयाँ फिचर उपलब्ध भएको छ । कम्पनीले सरस्वती पुजाको अवसर पारेर वित्तीय साक्षरतामूलक उक्त एप एन्ड्राेइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो ।

अबको केही दिनमा आईओएस प्रयोगकर्तालाई समेत यो फिचर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । याे एपमा नयाँ फिचरको रुपमा अब नेपाली भाषाको विकल्प पनि छनोट गर्न सकिनेछ ।

साथै दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “फाइनान्स ट्रयाकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्रयाकर” सुविधालाई थप व्यवस्थित गरी सामान्य नागरिकले समेत प्रयोग गर्न सकिने गरी अद्यावधिक गरिएको छ ।

त्यस्तै सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अद्यावधिक गरएको छ । फाइनान्सियल क्यालकुलेटरमा शेयरबजारसँग सम्बन्धित क्यालकुलेटरहरुको थप सुविधा थपिएको कम्पनीले जनाएको छ ।

‘फाइनान्सियल नोटिसेस्’ आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय सूचनाको माध्यमबाट आधुनिक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपालकै पोहिलो र एकमात्र वित्तीय सूचनामूलक डिजिटल एप हो । ...

Read More