‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो।

प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो तरकारी र एक कप चियाको मोल क्यूआरबाट भुक्तानी गरे ।

ठूला सपिङ मल र होटलहरुमा सामान्य बन्दै गएको डिजिटल कारोबार अब तरकारी बजार र चिया पसलहरुका लागि पनि नयाँ रहेन । पछिल्लो एक महिनामा सामान्य चिया पसलदेखि ठेलामा हुने फलफूल तथा तरकारी व्यापारीकहाँ समेत क्यूआर कोड पुगेको छ ।

अर्थात्, काठमाडौंका मुख्य फलफूल तथा तरकारी बजार जाँदा नगद बोक्नैपर्ने बाध्यता हटेको छ । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल डिजिटल कारोबारको युग आएको बताउँछन् । अब नगद कारोबार सशुल्क र डिजिटल कारोबार निःशुल्क गरेर प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । ...

Read More