एनएमबिको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोवार शुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबिको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोवार शुरु

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । 

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलसहित विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरुलगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ । 

Read More
  • MBL - below news