हाल विश्व डिजिटल अर्थतन्त्र निर्माणको चरणमा छ, यसको असर नेपालमा पनि आउँदै छ त्यसैले पछिल्लो समय नेपालमा समेत विद्युतिय कारोबारमा सबैको चासो बढ्दै गइरहेको छ । साना फलफुल तरकारी पसलदेखि ठुला ठुला कर्पोरेट क्षेत्रमा डिजिटलाइजेसनले स्थान पाइसकेको छ । आज सबैजसो साना ठुला व्यापारी पनि यसको कारोबारमा आकर्षित भइसकेका छन् भने ग्राहकहरुपनि विस्तारै यसमा प्रवेश गदै छन् । विगत चार महिनाको मात्र तथ्याङ्क हेर्ने हो भने पनि विद्युतिय भुक्तनी कारोबारमा राम्रो सुधार देख्न सकिन्छ ।





