१ फागुन, काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि – विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि – एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ...






