३० माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । सेवा वापतको कूल आयमा पनि कमी आएको छ ।
गत वर्ष पहिलो ६ महिनामा १८ अर्ब ३ करोड आय गरेकोमा टेलिकमले यो वर्ष १७ अर्ब ७२ करोड आय गरेको नेपाल टेलिकमले जनाएको छ । यो आय गतर्वको भन्दा १.७४ प्रतिशत कम हो ।
यो वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासमा भन्दा ४५ करोड ४२ लाख बढी आय गरेको छ । यो वर्ष पहिलो त्रैमासमा ८ अर्ब ६३ करोड ९ अर्ब ८ करोड आम्दानी गरेकोमा यो वर्ष यस्तो आय ९ अर्ब ८ करोड आम्दानी भएको टेलिकमले जनाएको छ ।
यो वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको दोस्रो त्रैमासमा भन्दा ९० करोड ८४ लाख बढी आय भएको छ । गत वर्ष दोस्रो त्रैमासमा ८ अर्ब ९९ करोड आम्दानी भएको थियो ।
दोस्रो त्रैमासम्म खुद नाफा १ अर्ब ७७ करोड पुगेको छ । पहिलो त्रैमासमा यस्तो नाफा १ अर्ब ५१ करोड थियो । गत वर्ष यो अवधिमा ४ अर्ब ९३ करोड खुद नाफा नाफा थियो । यो वर्ष गत वर्षकोभन्दा करिब ६५ प्रतिशत नाफा घटेको हो । ...





