सिन्धुली । पछिल्लो समय क्यूआर कोड भुक्तानी सेवा राजधानी बाहिरका ठाउँहरुमा पनि सुरु भएको छ । हालै सिन्धुली जिल्लास्थित कालिमाई मन्दिरमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालन गरिएको छ ।
यो सेवा सुरु भएपछि क्यूआर कोड प्रयोग गरी मन्दिर व्यवस्थापन समितिको खातामा भेटी बापतको पैसा हाल्न सकिन्छ । नयाँ खालको भुक्तानी अभ्यास भएसँगै अब भेटी पारदर्शी रुपमा संकलन हुने र मन्दिर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सिभिल बैंकले फोनपेसँगको साझेदारीमा यस्ताे सेवा सञ्चालनमा ल्याएको हो । बैंकले कमलामाई नगरपालिकामा सञ्चालमा रहेका टेम्पुमा पनि क्यूआर भुक्तानी सुरु गरेकाे छ ।





