इन्टरनेट नहुँदा समेत चलाउन मिल्ने वालेट आयो, पे वेलले शुरु गर्यो यस्तो सेवा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट नहुँदा समेत चलाउन मिल्ने वालेट आयो, पे वेलले शुरु गर्यो यस्तो सेवा

इन्टरनेट समेत नचाहिने गरी नयाँ वालेट सेवा सुरु भएको छ। पे वेलले इन्टरनेट समेत नचाहिने गरी यस्तो सेवा सुरु गरेको हो। पे वेल वालेटले आफ्नो एप सार्बजनिक गर्दै यस्तो सेवा उपलब्ध गराएको जनाएको छ।

उसले एसएमएस र युएसएसडि जस्ता प्रविधिको प्रयोग गर्दै यस्तो सेवा दिने बताएको छ। जुन प्रविधिको प्रयोगले अफलाइन सेवा मार्फत टप अफ र फण्ड ट्रान्सफर जस्ता सेवा उपलब्ध हुने छ। इन्टरनेट सहित र रहित दुवै विधिबाट यसले सेवा उपलब्ध गराउने बताइएको छ। "यस अघि नेपालमा प्रयोगमा आएका वालेटहरूलाई इन्टरनेटको आवश्यकता पर्ने गरेको थियो। तर पे वेल वलेटमा भने दुवै विधिबाट कारोबार गर्न सकिन्छ" पे वेल वालेट कम्पनीका सञ्चालक भीमप्रसाद तिम्सिनाले भने।

पे वेल एप हालै सार्वजनिक भएको भुक्तानी प्रदायक वालेट हो। यसले भुक्तानी सेवा उपलब्ध गराउने छ। यसबाट सर्वसाधारणले बिद्युत्, खानेपानी, हस्पिटल, होटेल, रेस्टुरेन्ट बिल भुक्तानी, टेलिफोन, इन्टरनेट रिचार्ज लगायतका थुप्रै सेवा उपलब्ध गराउने छ। कम्पनीले नयाँ ग्राहकलाई समेत लक्षित गर्दै सेवा उपलब्ध गराएको छ। शेयर खरिद बिक्री रकम हस्तान्तरण वा प्राप्तिका लागि पनि यो एप सहयोगी हुने तिम्सिनाले बताए। ...

Read More