सुनचाँदीको कारोबारलाई डिजिटलाइजेशन गर्नु : गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुनचाँदीको कारोबारलाई डिजिटलाइजेशन गर्नु : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई तत्काल डिजिटल प्रणालीमा लैजान आग्रह गरेका छन् । सुनचाँदीमा ठुल्ठूला कारोबार भएपछि अझैसम्म यो कारोबार परम्परागत भएको भन्दै गभर्नर अधिकारीले व्यबसायीलाई प्रविधिअनुरूप डिजिटल कारोबारमा जान आग्रह गरे । गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न अनुरोध गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदी व्यबसायलाई प्रविधिधमैत्री बनाउन जोड दिए । उनले पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न तथा विदेशी कालिगढलाई विस्थापित गर्न समेत सुझाव दिएका छन् । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने सीप विकास तालिमका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली कालीगढलाई प्रोत्साहित गर्न आग्रह गरे । हाल सुनचाँदी क्षेत्रमा झन्डै ७० हजार विदेशी कालिगढ रहेको अनुमान गरिएको छ । गभर्नर अधिकारीले सुनको आपूर्ति विदेशी मुद्राको सञ्चितिसँग सम्बन्धित रहेको उल्लेख गर्दै बजारको मागअनुरूप त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

Read More