के फाइभ-जी परीक्षण गर्न नेपाल टेलिकम तयारी अवस्थामा छ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के फाइभ-जी परीक्षण गर्न नेपाल टेलिकम तयारी अवस्थामा छ?

गत माघ २२ गते नेपाल टेलिकमको १७ औं वार्षिकाेत्सवको अवसरमा टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले चार शहरमा फाइभ-जी परीक्षण गर्ने घोषणा गरे। घोषणासँगै अधिकारीले आवश्यक तयारी भइरहेको समेत अभिव्यक्ति दिए।

 

नेपालभर फोर-जीको पहुँच नै पुगिनसेकेको अवस्थामा फाइभ-जीको हल्ला फैलाउने कति जायज? भन्दै टेलिकम भित्रैपनि प्रश्न उठ्ने गरेको छ।

अहिले ६ सय ३१ स्थानिय तहमा फोर-जी पुगेको छ भने अन्य बाँकी स्थानिय तहमा कहिले पुग्ने हो टुङ्गो छैन। तर, सार्वजनिक कार्यक्रममै भएको घोषणाले पनि पूर्वतयारी भएको भन्ने प्रष्ट हुन्छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि फाइभ-जी भित्र्याउन आवश्यक तयारी थालिसकेको छ।

निजी क्षेत्रको दूरसञ्चार कम्पनीले पनि फाइभ-जीको लागी तयारी थालिसकेको बताएको छ। प्राधिकरणले गत पुस पहिलो साता नेपालमा फाइभ-जीका लागी उपयुक्त फ्रिक्वेन्सी ब्यान्ड छनोट गरेको थियो।

प्राधिकरणमा गठित फ्रिक्वेन्सी व्यवस्थापन फोरमले छनाेट गरेको फ्रिक्वेन्सी ब्यान्ड प्राधिकरण बोर्डबाट सञ्चार मन्त्रालयलाई सिफारिस गरिसकेको छ।

नेपालमा फाइभ-जी विस्तारको सन्दर्भमा हाल फोर-जीको काम चलिरहेको छ। फोर-जी विस्तार सम्झौताको क्रममा पनि देशभर फोर-जी विस्तार गरिसकेपछि मात्रै फाइभ-जी विस्तार गर्नुपर्ने व्यवस्था छ।

Read More