काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र सीपलाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् । नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनु परेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको बाहुल्य रहेको उल्लेख गर्दै उनले स्वदेशमा नै पर्याप्त तालिमको व्यवस्था गरी रोजगारी प्रवद्र्धन गर्न सकिने बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिए । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने सीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । ...





