केन्द्रीय बैंकले नेशनल पेमेन्ट गेटवेको जिम्मा एनसिएचएलाई दियो, भिजा जस्तै नेशनल पेमेन्ट कार्ड ल्याइँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केन्द्रीय बैंकले नेशनल पेमेन्ट गेटवेको जिम्मा एनसिएचएलाई दियो, भिजा जस्तै नेशनल पेमेन्ट कार्ड ल्याइँदै

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट गेटवेको जिम्मा एनसिएचएललाई दिएको छ।केन्द्रीय बैंक बोर्ड बैठकले उक्त विषयको निर्णय गर्दै एनसिएचललाई कामको जिम्मा दिएको हो।

"राष्ट्र बैंक बोर्ड बैठकले निर्णय गरेर नेशनल पेमेन्ट गेटवेको जिम्मेवारी एनसिएचएललाई दिएको छ। उहाँहरूले त्यसको लागि धमाधम काम गर्दै हुनुहुन्छ" नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने।

 

स्वदेशमै भुक्तानीको लागि एकीकृत प्रणालीको विकास भएपछि कुनै पनि भुक्तानीको लागि अन्तर्राष्ट्रिय संस्थाको भर पर्नु पर्ने छैन। यति बेला भुक्तानीकै लागि अन्तर्राष्ट्रिय संस्थाको सहयोग लिँदा करोडौ रुपैयाँ बाहिरिने गरेको छ। 

मुलुकमा भुक्तानीका लागि विभिन्न इलेकट्रोनिक माध्यमहरू प्रयोग हुने गरेका छन्। पछिल्लो समय इलेकट्रोनिक डिभाइसहरूको प्रयोग बढ्दो क्रममा रहेको छ। जसमा मानिसहरूले एटिएम,डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, पिओएस,वालेटहरुको प्रयोग गर्दै आइरहेका छन्। जस मार्फत भएको कारोबारको राफसाफका लागि बैंक तथा वित्तीय संस्थाले विदेशी संस्थाहरूको स्वीच प्रयोग गर्दै आएका छन्। नेपालमा धेरै जसोले भिजाको स्विच प्रयोग गर्ने गरेका छन्। जुन प्रयोग गरेबापत उसलाई विदेशी मुद्रामा भुक्तानी गर्नु पर्छ।

तर एनसिएचलएले पेमेन्ट गेटवेको विकास गरेपछि त्यसको बाध्यता हुने छैन। मुलुकमै स्थापित संस्थाले आफ्नै स्वीच निर्माण गर्ने छ।  स्वदेशी स्वीच प्रयोग गर्दा शुल्क पनि कम हुने छ। विदेशी संस्थाको स्वीच प्रयोग गर्दा संवेदनशील डाटा बिदेसिने गरेको थियो। नेपालमै नेशनल स्वीच भएपछि रियल टाइम ट्रान्जेक्सन गर्न थप सहज हुने बताइएको छ।

गेटको निर्माण गरिरहेको एनसिएचएलले भिजा जस्तै साझा कार्डको विकास गरिरहेको छ। उसले "नेशनल पेमेन्ट कार्ड" को विकास गरिरहेको जनाएको छ। कार्ड प्रयोगकर्ताहरूले यही कार्ड मार्फत कारोबार गराउन सक्छन्। जसको सेटलमेन्ट एनसिएचएलको नेशनल स्वीच मार्फत हुने छ। कार्ड रहित कारोबारमा समेत यो स्वीच उपयोगी हुने छ। उसले कार्ड रहित कारोबारलाई समेत स्वदेशमै सेटलमेन्ट गर्ने छ। नेशनल स्वीचको स्थापना भएपछि बैंक वित्तीय संस्थाले आफ्नै स्वीच प्रयोग गर्न समेत सक्ने छन्। ती स्वीच मार्फत गरिएका कारोबारको राफसाफ भने नेशनल स्वीच मार्फत हुने एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले बताए।

केन्द्रीय बैंकले उक्त कामको जिम्मेवारी दिएसँगै एनसिएचलको स्तरोन्नति गर्नु पर्ने देखिएकाे छ। संस्थाको संरचनात्मक,पूँजीगत,प्रविधिलगायतमा समेत स्तरोन्नतिको लागि काम हुन पनि थालेको छ। तर के कसरी गर्ने भन्ने विषयमा भने कुनै निष्कर्षमा केन्द्रीय बैंक पुगिसकेको छैन। त्यसको लागि नियमित छलफल चलिरहेको सिवाकोटीले जानकारी दिए।"एनसिएचलको अहिलेको अवस्थालाई हेरेर त्यसको स्तरोन्नतिको लागि विविध कोणबाट लगातार छलफल भइरहेका छन्। कष्ट कति पर्ने हो,त्यो कष्टको शेयरिङ क-कसले गर्ने हो ? त्यस विषयमा एक्सरसाइज भइरहेको छ" सिवाकोटीले भने।

Read More