एक महिनामै नेपालमा १ खर्ब ५३ अर्बको डिजिटल कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक महिनामै नेपालमा १ खर्ब ५३ अर्बको डिजिटल कारोबार

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा रौनकता छाइरहेको छ । एकपछि अर्को गर्दै हरेक महिना निरन्तर रुपमा अनलाइनमार्फत हुने कारोबार वृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत एक महिनाको अवधिमा कारोबारले डेढ खर्बको आँकडा छुन सफल भएको छ ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ पुसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत १ खर्ब ५३ अर्बभन्दा बढीको कारोबार भएको छ ।

जुन अघिल्लो महिनाको तुलनामा झन्डै १५ अर्ब बढी हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर महिनामा १ खर्ब ३८ अर्बका हाराहारीमा यी सेवामार्फत कारोबार भएको थियो । यो अवधिमा सबैभन्दा बढी कारोबार कनेक्ट आईपीएसबाट भएको छ ।...

Read More