एनएमबी बैंकले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा किन्न मिल्ने छुटको अफर ल्याएको छ। भ्यालेनटाइन सप्ताहको अवसरमा बैंकले यो अफर ल्याएको हो।
बैंकले विभिन्न रेष्टुरेन्ट, केक सपमा कुनै सामान किन्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ। विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु प्रस्तुत गर्दै आइरहेको बैंकले बताएको छ।
छुटसम्बन्धि थप जानकारी एनएमबी बैंकको वेवसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।






