२५ माघ, काठमाडौं । पल्लिो समय विभिन्न नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिरहेका छन् । चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन पछि सेयर बजारमा एककिसिमको उत्साह आएको छ ।
नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा पछिल्लो समय सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढेको बताउछन् । तर अझै पर्याप्त चेतना भने नभएको उनको बुझाइ छ । धेरैले जानेर आईपीओ आवेदन दिन्छन् भने कतिपयले आफन्त वा साथीभाईहरुको सल्लाहसुझावका आधारमा पनि आईपीओ भर्ने गरेका छन् ।
सेयर बजारमा दुई किसिमको बजार हुन्छन् । पहिलो-प्राथमिक बजार, जहाँ हामीले आईपीओमा आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नु पर्ने अवस्था छ । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ । आईपीओमा जोखिम कम हुने र फाइदा हुँदा निकै धेरै नै फाइदा हुने भएका कारण पनि सर्वसाधारणहरुको यसतर्फ निकै आकर्षण छ ।
अहिले पनि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । आगामी २८ माघ देखि महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्दैछ । अब कसरी आईपीओ भर्ने भन्ने विषयमा जानकारी छैन भने तलको सरल तरिका हेर्नुस्
१. बैंक खाता
आईपीओ भर्नका लागि सबै भन्दा पहिला तपाईंलाई आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता नभई तपाईंले यसपछिका प्रक्रियाहरु अघि बढाउन सक्नु हुन्न । बैंक खाता जुनसुकै बैंकको भए पनि हुनेछ । तपाईंसँग बैंक खाता छैन भने बैंक खाता खोल्ने र छ भने तपाईले यसपछिको प्रक्रियाहरु हेर्नुस् ।
२. डिम्याट खाता खोल्ने ...








