गभर्नर अधिकारीको नौ महिना : कोरोना जितेको बैंकिङ क्षेत्र, डिजिटल कारोबार सडकसम्म


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारीको नौ महिना : कोरोना जितेको बैंकिङ क्षेत्र, डिजिटल कारोबार सडकसम्म

२०७६ चैत्र २४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए । हालसम्मको १० महिने अवधिमा उनको कार्यकालमा अर्थतन्त्रमा एकैपटक ठूलो उतारचढाव आयो । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्र अनपेक्षित रूपमा प्रभावित भएर वित्तीय स्थायित्वमा चुनौती थपियो । कोरोना कहरले लामो समय सम्पूर्ण आर्थिक गतिविधि ठप्प रह्यो । यसरी कोरोना माहामारीकै बिचमा राष्ट्र बैंकमा लामो समय विताएका बैंकिङ क्षेत्रका विज्ञ महाप्रसाद अधिकारीले नयाँ गभर्नरका रुपमा नेपाल राष्ट्र बैंकको नेतृत्व संहाले । उनी गभर्नर हुँदा देश कोरोना रोकथामको लागि लडीरहेको थियो र अहिलेसम्मको मुख्य समस्या पनि कोरोनासँग जुध्नु नै हो । यद्यपी कोरोना संक्रमणको बिचमै गभर्नर बनेका अधिकारीले चुनौतीलाई नै अवसरमा बदले । भौतिक दुरी कायम राख्न पर्ने अवस्थामा बैंकहरुले सिमित कार्यालयबाट मात्र सेवा दिन थाले भने राष्ट्र बैंकले डिजिटल कारोबार गर्न प्रोत्साहित गरेको थियो । कोरोना माहामारीले पर्यटन व्यवसाय, होटल व्यावसाय, औद्योगिक क्षेत्रमा नराम्रोसँग धक्का दियो । त्यस बखत उनले अर्थतन्त्रमा देखिएको संकटको सामना गर्नको निम्ति विभिन्न नीतिगत उपाय मार्फत आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउदै थुप्रै राहत तथा प्याकेजको घोषणा गरेका थिए । त्यस बखत उनले बक्तब्य जारी गर्दै मुलुक लकडाउनको अवस्थामा रहँदा असर परेका क्षेत्रमा प्रवाहित कर्जामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने आवश्यक व्यवस्था मिलाएका थिए साथै, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्था गरे । यस्तै, साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न निर्देशन दिएका थिए ।


बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न प्रतिवद्ध रहे भने कोभिडबाट बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गरे । यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने समेत व्यवस्था गरेका थिए । कोभिड संक्रमणको असहज परिस्थितिबाट पर्यटन, उद्योग, व्यापार, व्यवसाय लगायतका क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्दै आर्थिक गतिशीलता बढाउने रु.५० अर्बको पुनरकर्जा कोषलाई रु.६० अर्बको वनाउने व्यवस्था गरियो भने पुनरकर्जा सुविधामा कोभिड–१९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था गरियो । 

यस्तै, वैदेशिक रोजगारमा जाने अनुमति लिई जान नपाएका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा दिई उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा संक्रमणको जोखिम समाप्त भएपछि निवदेन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरियो ।

Read More