बाइल बैकिङ प्रयोगकर्ता साढे १ करोड पुग्न लागे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बाइल बैकिङ प्रयोगकर्ता साढे १ करोड पुग्न लागे

काठमाडौं । सरकारले डिजिटल नेपालको परिकल्पना गरेसँगै नेपालमा मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या एक करोड ३६ लाख २५ हजार नाघेको छ ।  बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ सम्म ४० लाखको हाराहारीमा रहेको मोबाइल बैकिङ कारोबार बढेर  साढे एक करोड पुग्न लागको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको पुसमहिनाको तथ्यांकमा मोबाइल बैंकिङ र इन्टरनेट बैकिङ  प्रयोग कर्ताको संख्या बढेको देखाएको हो  । पुसअन्त्यसम्म इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या पनि बढेर ११ लाख १४ हजार पुगेको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८३ लाख १८ हजार डेबिट कार्ड र १ लाख ७६ हजार क्रेडिट कार्ड जारी भएका छन् । यसको अर्थ बैंकिङ तथा वित्तीय क्षेत्रले प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहकको आकर्षण बढ्दै गएको देखाइएको छ । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमका रूपमा हेरिएको मोबाइल बैंकिङमा जुन रुपले ग्राहक बढिरहेका छन् त्यसले क्यासलेस (नगद) कारोबारको विकासका लागि मद्दत गरिरहेको बैंकर्सहरूले बताएका छन् । 

Read More