नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको विकासक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको विकासक्रम

प्रदिप खतिवडा – ब्याज दिएर रुपैँया पैसा जम्मा गर्ने, मागको बेलामा भुक्तानी वा सापटी दिने,लेनदेन,तेजारथ आदि आर्थिक तथा वाणीज्य सम्बन्धि कारेबार गर्ने सरकारी वा गैर सरकारी संस्थालाई बैंक तथा वित्तीय संस्था भनिन्छ, जसले मुद्राको उत्पादन र परिथालन साथै कर्जा आपूर्ती र परीचालनको भुमिका निर्वाह गर्दछ ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकसँगको अतिरिक्त धनमाल संकलन गर्ने र सो को परिचालन अभाव क्षेत्रमा गरी आयस्रोत बढाउने कार्य गर्दछ जसले विभिन्न खातामा जनताबाट मुद्रा जम्मा गरी सुरक्ष्ति जमानतमा ऋण दिने र जम्माकर्तालाई चेकद्धारा रुपैँया निकाल्ने सुविधा दिन्छ, साखको निर्माण गर्दछ र एजेन्सी सम्बन्धी वा अन्य उपयोगी कार्य गर्दछ । यसले केन्द्रिय बैंकको समेत परीभाषा समेटेको हुन्छ ।

नेपालमा बैंकिङ व्यवसायको विकासक्रमलाई अध्ययन गर्नका लागि निम्नलिखित ४ अवस्था विभाजन गरीएको छ ।

१. ऐतिहासिक काल सन् १९३७ अगाडीको कालखण्ड

नेपालको बैंकिङ बिकासक्रम गाउँका साहुमहाजनको व्यवसायिक कारोवारबाट शुरु भई नगदमा ब्याज लिने गरी साँवाको परिचालन साथै राजा मानदेव प्रथमको पालामा धातुका मानाङ्क मुद्रा, राजा गुणकामदेवको पालामा गुणङ्क मुद्रा हुदैं राजा अंशुवर्माका पालामा धातुका मुद्रा, शंखधर शाख्वाले जनताको ऋण मुक्त गरी नेपाल सम्बतको प्रचलन हुँदै पृथ्वीनारायण शाहले कौशीतोषखाना स्थापना गरी धातुका मोहरहरु प्रचलित गरेका थिए । यही अवधीमा वि.सं. १९८९ मा टक्सार विभाग स्थापना गरी वैज्ञानिक रुपमा सिक्का निश्काशन र संस्थागत रुपमा बैंकिङ व्यवयाय विकासका लागि रणोद्धिय सिंहले १९३३ मा तेजारथ अड्डाको स्थापना महत्वपूर्ण मानिन्छ ।

२. कानुन सम्मत बैंकिङ संस्थाको स्थापना (वि.सं १९९४ देखि २०४१ सम्म)

वि.सं. १९९४ मा नेपाल बैंक कानुन जारी भई ८ लाख ४२ हजारको चुक्ता पूँजीमा वि.सं. १९९४ कार्तिक ३० मा नेपाल बैंक स्थापना सँगै कानुनु सम्मत ढंगबाट बैंकिङको बिकास शुरु भएको हो । जसमा वि. सं. २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैंक ऐन २०१२ बमोजिम केन्द्रिय बैंकको स्थापनाले बैंकिङ व्यवसायको क्रमश उत्थान र विकास शुरु भएको थियो । त्यसैगरी औधोगिक विकास निगम २०१६ बमोजिम, सहकारी बैंक ऐन २०१९ बमोजिम राष्ट्रिय वाणिज्य बैंकको स्थापना र कृषि विकास बैंक ऐन २०२४ मा कृषि विकास बैंकको स्थापनासँगै यो अवधिमा सरकारी बैंकहरु स्थापना र सञ्थालन भएका हुन् जसले लामो समयावधिसम्म नेपालमा वित्तीय बजारमा एकाधिकार जमाइरहेको छ ।

३. बैंकिङ क्षेत्रमा उदारीकरणको प्रारम्भ (वि.सं. २०४१ देखी २०५९ सम्म)

सन् १९८० को प्रारम्भदेखि विश्वव्यापीकरण उदारीकरणको लहरसँगै वाणीज्य बैंक ऐन २०३१ मा संशोधन गरी वि. सं. २०४१ मा नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैंक) वि.सं. २०४२ मा इण्डोस्वेज बैंक हाल (नेपाल इन्भेष्टमेन्ट बैंक), वि.सं. २०४३ मा ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टड बैंक) को स्थापना सँगै बहुदलिय व्यवस्था अगावै संयुक्त लगानीका बैंकहरु स्थापना भएका थिए । त्यसका साथै वि.सं. २०४९ मा हिमालय बैंक लि. हुँदै वि.सं. २०५९ सम्म सिद्धार्थ बैंक लि. सम्म स्थापना भई १७ वटा वाणिज्य बैंकहरु स्थापना भएका थिए ।

४. खुला बैंकिङ अवधारणको प्रारम्भ (वि.सं. २०६० पछि हालसम्म)

बैंक तथा वित्तीय संस्था सम्बन्धि अध्यादेश २०६० स्विकृत भइ वित्तीय बजारमा कार्यक्षेत्र भएका सबै निकायलाई क,ख,ग र घ भनी वर्गीकरण गरिएको थियो । यसले ब श्रेणीले मात्र बैंक लेख्न पाउने व्यवस्था गरेकोमा बैंक तथा वित्तीय संस्था सम्बधी ऐन २०६३ ले द श्रेणीलाई विकास बैंक नामाकरण गरेको छ । हालको BAFIA २०७३ ले अरुलाई यथावत राखी लघुवित्त वित्तीय संस्था लेख्न पाउने व्यवस्था गरेको छ । BAFIA २०७३ को दफा ३१ के प्रयोजनका लागि राष्ट्रिय स्तरका क,ख,ग,र घ वर्गका बैंकले क्रमश : रु. ८०० करोड र रु. १० करोड पूँजीको व्यवस्था गरेको छ ।

निष्कर्ष : 
परम्परागत साहुमहाजन र असंगठित संगठनको रुपमा रहेको नेपालको बैंकिङ व्यवसाय हालसम्म आइपुग्दा संगठित व्यवस्थित र महत्वपूर्ण वित्तीय मध्यस्थकर्ताको रुपमा अर्थतन्त्रको संवाहक र मेरुदण्डको भूमिकामा रहेको छ ।

...

Read More
  • MBL - below news