नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम बिहीबार सम्पन्न भएको छ। सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आ.वमा फाइभजी परीक्षण गर्न निर्देशन दिएका छन्।
टेलिकमलाई ग्राहकको विश्वास लिन प्रतिस्पर्धामा अब्बल सावित भएर मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा लाग्नुपर्ने उनको भनाइ थियो।
उनले मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव दिए।




