'कनेक्ट आइपिएस सबै डिजिटल कारोबारको प्लेटफर्म हो, सस्तो छ शुल्क'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'कनेक्ट आइपिएस सबै डिजिटल कारोबारको प्लेटफर्म हो, सस्तो छ शुल्क'

हामीकहाँ डिजिटल कारोबार बढ्नुमा कोरोनाले पनि भूमिका खेल्यो। कोरोनाअघि सुविधाका लागि सर्वसाधारणले प्रयोग गर्थे भने अहिले आधारभूतजस्तै भइसक्यो। नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बाहेक बैंक तथा वित्तीय संस्थाका डिजिटल कारोबार मोबाइल-इन्टरनेट बैंकिङ, क्यूआर कोड, कार्डबाट हुने कारोबार पनि बढेको छ। तीबाहेक लाइसेन्सप्राप्त पिएसओ, वालेटहरूको कारोबार बढेको छ।

सामान्य लेखपढ गर्न सक्ने व्यक्ति नै अहिले डिजिटल कारोबारतिर आकर्षित भएको पाइन्छ।

डिजिटल कारोबारलाई अब सुविधा मात्रै नभएर आधारभूत आवश्यकता नै बनाउने हाम्रो उद्देश्य हो। सामान्य नागरिकले डिजिटल भुक्तानीलाई सहज ठानेर, आवश्यकता ठानेर प्रयोग बढाउन थालेपछि यसको प्रयोग फराकिलो हुँदै जाने हो।

कनेक्ट आइपिएस डिजिटल कारोबारको एउटा सम्पूर्ण प्लेटफर्म हो। बैंकमा खाता हुने जोकोहीले सिधै पैसा तिर्न वा लिन यसको प्रयोग गर्न सक्छन्। बिहानदेखि रातिसम्म व्यक्ति विशेष वा संघसंस्थाले जति पनि कारोबार गर्छन्, त्यो सबै विद्युतीय माध्यमबाट गर्न सके यसको उपयोगितासँगै प्रयोग बढ्ने हो।

Read More