कनेक्ट आईपीएसबाटै अब ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ तरिका


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कनेक्ट आईपीएसबाटै अब ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लंघन गरे बापतको कसुरमा बुझाउनुपर्ने जरिवाना रकमकाे भुक्तानी अब कनेक्ट आईपीएस प्रणालीबाट गर्न सकिने भएकाे छ ।

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिहं प्रधानले हस्ताक्षर गरे ।

भुक्तानीको लागि सेवाग्राहीले कनेक्ट आईपीएसको वेबसाइटमा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबाेर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । ...

Read More