एटीएममा बैङ्कहरूको अर्बौँ खर्च : एकपटक पैसा निकाल्दा देशबाट १० रुपैयाँसम्म बाहिरिन्छ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटीएममा बैङ्कहरूको अर्बौँ खर्च : एकपटक पैसा निकाल्दा देशबाट १० रुपैयाँसम्म बाहिरिन्छ

नेपालमै स्विच स्थापनाका लागि प्रारम्भिक चरणको काम सुरु

तपाईंलाई थाहा छ, तपाईं-हामीले प्रयोग गर्ने एटीएमबाट अर्बौं नेपाली रुपैयाँ  विदेशिन्छ भनेर ? नेपालमा पछिल्लो समय एटीएम प्रयोगकर्ताहरू बढिरहेका छन् । चेक काटेर रकम झिक्ने परम्परा विस्तारै विस्थापित हुँदैछ । आफूलाई चाहिएको रकम एटीएम मेसिनमा कार्ड घुसाएर झिकिरहेका हुन्छौँ । नेपालमा विशेषगरी एससीटी र भिजा कार्डको प्रयोग बढी छ  । भिजा कार्ड धेरैजसो भारतबाट आउने गरेको छ भने थाइल्यान्डबाट  पनि भिजा कार्ड ल्याइन्छ ।

विशेषगरी भिजा कार्ड प्रयोगकर्ता जसले एक बैङ्कबाट अर्को बैङ्कसँग कारोबार गर्छन् भने त्यस्तो कारोबारमा केही रकम  विदेशिने गरेको छ । कुनै एउटा बैङ्कको भिजा कार्ड अर्को बैङ्कमा घुसाउँदा (अन्तर बैङ्क कारोबार) त्यसबाट प्रत्येक कारोबारमा १० रुपैयाँसम्म रकम बाहिर जाने गरेको बैङ्करहरू नै बताउँछन् । 

यो रकम एटीएम प्रयोगकर्ताबाट बैङ्कले लिन्छ भने बैङ्कले भिजा कार्ड डेभलपरलाई ६ देखि १० रुपैयाँ दिनुपर्छ । यस आधारमा बैङ्कले ग्राहकसँग लिने रकमको केही प्रतिशत रकम भिजालाई दिइन्छ । नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैङ्कहरूसँग नै कति रकम लिने भनेर पहिले नै डेभलपरले सम्झौता गरेका हुन्छन् । उनका अनुसार ६ देखि १० रुपैयाँसम्म पर्न जान्छ । ...

Read More