कामना सेवा बैंकले शुरु गर्यो कन्ट्याक्टलेस कार्ड


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा बैंकले शुरु गर्यो कन्ट्याक्टलेस कार्ड

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसीमा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।
 
यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ । 

Read More
  • MBL