काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै यस बैंकले धादिङको धुनिबेसी नगरपालिकास्थित धार्केमा नयाँ शाखा विस्तार गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै बैंकले उक्त शाखाको उद्घाट्न बैंकका नायव महाप्रवन्धक सन्धिर कुमारले गरेको जानकारी दिएको छ ।
बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।
हाइवेसँगै रहेको यस शाखामा एटिएम सेवा २४ घण्टा खुल्ला रहनेछ जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले बिश्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने बैंकको विश्वास रहेको छ । ...






