एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघबीच साझेदारी स्थापनार्थ समझदारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघबीच साझेदारी स्थापनार्थ समझदारी

काठमाण्डौ। एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालनसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धिकुमार मल्ल र महासंघका तर्फबाट केन्द्रीय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेका छन्। 

एनएमबि बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य सहित देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भमिका खेल्दै आइरहेको छ। 

Read More
  • MBL - below news