इन्टरनेटमा गुनासो खोज्दै प्राधिकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेटमा गुनासो खोज्दै प्राधिकरण

काठमाडौँ, माघ १९ गते । देशैभर ब्रोडब्यान्ड नेटवर्क निर्माण र इन्टरनेट विस्तारका लागि सञ्चालित परियोजनाअन्तर्गत इन्टरनेट नपुगे जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले परियोजनाअन्तर्गत काम सम्पन्न भएका ३१ जिल्लामा इन्टरनेटसँग सम्बन्धित कुनै गुनासो रहे सम्बन्धित सेवा प्रदायकलाई जानकारी गराउन अनुरोध गरेको हो ।
यो परियोजनाअन्तर्गत ३१ जिल्लाका नगपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य केन्द्र÷अस्पतालमा इन्टरनेट जडान गर्न छुटेको भए १५ दिनभित्र जानकारी गराउन पनि प्राधिकरणले आग्रह गरेको छ । सेवा प्रदायकबाट पनि समस्या समाधान नभएको अवस्थामा प्राधिकरणमै सम्पर्क गर्न पनि आग्रह गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सञ्चालन गरेको यो परियोजनाअन्तर्गत विभिन्न सेवा प्रदायकले तोकिएका विभिन्न ३१ जिल्लामा इन्टरनेट जडानको काम पूरा गरेका हुन् ।


प्राधिकरणका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, अछाम, बझाङ र बाजुरामा नेटवर्क निर्माण र इन्टरनेट पु¥याउने काम सम्पन्न भइसकेको छ । यी जिल्लामा मर्कन्टायल कम्युनिकेसन्सले नेटवर्क विस्तारको काम गरेको हो । त्यस्तै भायानेट कम्युनिकेसन्सले जिम्मेवारी पाएको बैतडी, डडेल्धुरा, दार्चुला र डोटीमा पनि काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । वल्र्डलिङ्क कम्युनिकेसन्सले पाएको डोल्पा, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा पनि इन्टरनेट पु¥याउने काम पूरा भएको छ ।

Read More