सिडीएस एण्ड क्लियारिङ (सिडीएस) ले हाल शेयर कारोबारको लागि प्रयोग हुदै आईरहेको टिएमएस सफ्टवेयरसँग एपीआई आवद्द गर्ने भएको छ। कम्पनीले आवश्यक पर्ने एपीआई निर्माण गर्नको लागि एपीआई निर्माणमा अनुभवी कम्पनीहरुसँग प्रस्ताव आह्वान गरेको छ ।
कम्पनीले माघ १५ गते सुचना प्रकाशित गर्दै माघ २९ गते १ बजेसम्ममा ५० हजार धरौटी राखेर प्रस्ताव बुझाउन आग्रह गरेको हो । कम्पनीले यस अघि लागतको अनुमानित विवरण पेश सूचना आह्वान गरेको थियो ।
एपिआईले के गर्छ काम ?
अहिले शेयर बेच्नु अगाडी बिक्रेताको डिम्याट खातामा शेयर छ कि छैन सिस्टमले चेक गर्ने गरेको छ । यसको लागि सिडीएसले डाटा रेप्लिकेट गरेर आफुसँग भएको विवरण नेप्सेको टिएमएससँग आवद्द गराउनको लागि दिएको छ । अहिले रेप्लिकेट गरेर दिएको विवरण अब एपीआइ मार्फत दिने तयारी सिडीएसले गरेको हो ।




