माघ १८, नयाँ दिल्ली (भारत) । भारतले बिट्क्वाइन लगायत नजी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउने कानून ल्याउने योजना बनाएको छ ।
सरकार त्यहाँको तल्लो सदनमा क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल मुद्रा नियमन विधेयक ल्याउँदैछ । यसले बिट्क्वाइन लगायत सबै निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउनेछ र आधिकारिक क्रिप्टोकरेन्सी सृजनाको ढाँचा बनाउन सहज पार्नेछ । आधिकारिक डिजिटल मुद्रा भने केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ (आरबीआई) ले जारी गर्नेछ ।
विधेयकले भारतमा अहिले प्रयोगमा रहेको सबै निजी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन खोजेको छ । तर यसले क्रिप्टोकरेन्सी र यसको प्रयोगमा अन्तरनिर्हित प्रविधिको प्रवर्द्धनलाई भने निश्चित खालको छूट दिनेछ ।
अहिले भारतको संसदको दुबै सदनमा सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)को प्रभूत्व रहेको छ । त्यसैले यो विधेयक पारित हुने सम्भावना उच्च छ । क्रिप्टोकरेन्सीको विषयमा भारतीय कानून निर्माताहरुले यस्तो खालको कठोर नीति ल्याउन लागेको यो पहिलो पटक होइन । ...





