सहुलियतमा कर्जा प्रवाह लगानी गर्ने सम्बन्धमा सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहुलियतमा कर्जा प्रवाह लगानी गर्ने सम्बन्धमा सम्झौता

अमृता राई
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतकर्जा लगानी गर्नका लागि सम्झौता भएको छ । सोलु दूधकुण्ड नगरपालिकाको कार्यालयमा नगरकातर्फबाट मेयर नाम्गेल जाङबु शेर्र्पा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाई, राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराई र राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बुका शाखाका प्रबन्धक छत्रबहादुर खड्काले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।


पहिलो पटक सोलुदूधकुण्ड नगरपालिकासँग राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले सम्झौता गरेको हो । यसअघि प्रदेश नम्बर १ अन्तर्गत सहुलियत दरको कर्जा प्रवाह गर्न मोरङको बेलबारी, शिवसत्ताक्षीर संखुवासभाको खाँदवारी नगरपालिकासँग बैंकले सम्झौता गरेको राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख भट्टराईले बताए । चाँडै कर्जा प्रवाह गर्न सुरु गर्ने उनको भनाइ छ ।
नगरपालिका र राष्ट्रिय वाणिज्य बैंंकबीच सहुलियत दरको कर्जा प्रवाह गर्न सम्झौता भएपछि नगरपालिकावासीले सहुलियत ब्याज दरमा कर्जा पाउने सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले बताए । नगरको पहलमा एकीकृत सहुलियत कर्जा कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले अधिकतम २.७४ प्रतिशत ब्याजदरमै कर्जा दिन लागेको हो ।

Read More
  • MBL - below news