एभरेष्ट बैंकको ट्रेड युनियन अध्यक्षमा सुवेदी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकको ट्रेड युनियन अध्यक्षमा सुवेदी

एभरेष्ट बैंकको आधिकारिक ट्रेड युनियन एभरेष्ट बैंक कर्मचारी संगठनको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

इन्द्रेणी फुडल्याण्डमा भएको महाधिवेशनले नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ।

महाधिवेशनबाट नयाँ केन्द्रीय समिति अध्यक्ष परशुराम सुवेदी निर्वाचित भएका छन्।

उपाध्यक्षमा हरेराम मिश्र, महासचिव जयकुमार थापा, सचिव प्रमेशराज विष्ट, कोषाध्यक्ष विज्ञदर्शन आचार्य निर्वाचित भएका छन्।

यस्तै, सदस्यमा स्वस्ती चौधरी, सरोज भण्डारी, नवीन पौडेल, लव विष्ट, सञ्जीव बस्नेत र किस्मत प्रजापति छन्।

Read More
  • MBL - below news