कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु

काठमाडौं । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । 

कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा यसको महत्व अझै बढेर गएको बताए । गभर्नर अधिकारीले नबिल बैंकजस्तो संस्थाले वित्तीय क्षेत्रमा पहुँच, समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

Read More