ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

सिराहाको नवराजपुर गाउँपलिकामा गत साउनमा सुबिसु केबलनेटले निःशुल्क इन्टरनेट जडान गरिदिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा ठेक्का पाएर सुबिसुले जोडिदिएको इन्टरनेट सुरुका दुई–चार दिन त चल्यो, तर अहिले पूरै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताए । ‘इन्टरनेटले काम गरेन भनेर सुबिसुमा सम्पर्क गरेको उल्टो धम्क्याउँछन् । अब गुनासो लिएर कहाँ जाऔँ हामी,’ उनले भने । 

सिराहामा मात्रै होइन, धनुषाको धनौजी गाउँपालिकाको अवस्था पनि उस्तै छ । सुबिसु नेटवर्कले करिब ६ महिनाअगाडि गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान गरिदिएको थियो । तर, इन्टरनेट नै नचलेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत जलालुदिन खाँले बताए । ‘राउटर र तार झुन्ड्याएर गएका छन् । तर, यसले काम नै गर्दैन । तार पनि चुँडिइसक्यो । सुबिसुका कर्मचारीलाई धेरैपटक गुनासो गरेँ । तर, सुन्दै–सुन्दैनन्,’ उनले भने ।

सिराहा र धनुषा जिल्लामा पूरै इन्टरनेट जडान भइसकेको भनेर सुबिसुले करिब साढे २८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, नयाँ पत्रिकाले नमुनाका रूपमा गाउँपालिकालगायत निकायमा गरेको सर्वेक्षणले अधिकांश गाउँपालिका कार्यालय, विद्यालय तथा अन्य निकायमा जोडिएको इन्टरनेटले काम नगरेको देखाएको छ । प्राधिकरणले मुलुकभरका जिल्लालाई १८ प्याकेजमा विभाजन गरेर इन्टरनेट जडान गरेको थियो । त्यसमध्ये सिराहा र धनुषा प्याकेज नम्बर ७ मा पर्छन् । यस प्याकेजका लागि सुबिसु र प्राधिकरणबीच ३१ करोड ४४ लाखमा सम्झौता भएको थियो । सो जिल्लामा शतप्रतिशत काम सकिएको भन्दै सुबिसुले ९० प्रतिशत भुक्तानी लिइसकेको छ । 

Read More